लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
बिहीबार, ०५ असार २०८२, १९ : ४५
काठमाडौँ । लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा प्रहरीले ८ जना चालकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुमा सुमो काउन्टरका कर्मचारी र चालकलाई लापसे परीक्षण गर्दा ८ जना चालकले सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा उदयपुर घर भएका प्रदिप बिक, बारा घर भएका सन्तोष नेपाल, धिरज जैसवाल, अनुराग कुमार, तनहुँ घर भएका राम गुरुङ, झापा घर भएका निलेश सङ्ग्रौला, उदयपुरका विराज कार्की र काभ्रेपलाञ्चोकका गोमन तामाङ छन् ।
लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी अस्पतालसँग समन्वय गरेर लापसे परीक्षण गरिएको एसपी बोहराले बताए । आरोपीहरू विरुद्ध प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ मिनेटको अन्तरमा फ्रान्सको दुई गोल, चम्किए एम्बाप्पे र डेम्बेले
-
एम्बाप्पेको सानदार गोल, फ्रान्सलाई १–० को अग्रता
-
खुलेन गोलको खाता, पहिलो हाफमा मोरोक्कोविरुद्ध अग्रता लिन चुक्यो फ्रान्स
-
एम्बाप्पेले गरे पेनाल्टी मिस
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण