लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
बिहीबार, ०५ असार २०८२, १९ : ४५

काठमाडौँ । लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा प्रहरीले ८ जना चालकलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित बल्खुमा सुमो काउन्टरका कर्मचारी र चालकलाई लापसे परीक्षण गर्दा ८ जना चालकले सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा उदयपुर घर भएका प्रदिप बिक, बारा घर भएका सन्तोष नेपाल, धिरज जैसवाल, अनुराग कुमार, तनहुँ घर भएका राम गुरुङ, झापा घर भएका निलेश सङ्ग्रौला, उदयपुरका विराज कार्की र काभ्रेपलाञ्चोकका गोमन तामाङ छन् ।
लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी अस्पतालसँग समन्वय गरेर लापसे परीक्षण गरिएको एसपी बोहराले बताए । आरोपीहरू विरुद्ध प्रहरीले लागुऔषध सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु