शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज

बिहीबार, ०५ असार २०८२, २० : ०१
बिहीबार, ०५ असार २०८२

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स बिहीबार खारेज गरेको छ । पेवेल नेपाल र सजिलो पे पेमेन्ट कम्पनीले कानुन विपरीत काम गरेको भन्दै राष्ट्र बैङ्कले अनुमतिपत्र खारेज गरिदिएको जनाएको छ । 

राष्ट्र बैङ्कका अनुसार अवैध सुन कारोबारको भुक्तानी प्रक्रियामा डिजिटल पेमेन्ट गेटवे पेवेल र सजिलो पेको संलग्नता रहेको भेटिएको थियो । पेवेल नेपालले २०७७ असोज ११  र सजिलो पे पेमेन्टको २०७७ चैत १७ मा अनुमति लिएको थियो । 

राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण  निवारण ऐन विपरीत काम गरेको पाइएकाले लाइसेन्स खारेज गरीको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप