तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
_0capjibzrc_1df8hywvfe_4g2w1d76ai_esxkomojsk_vehK7wxbeo.jpg)
समाचार सारांश
- चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका घाइतेहरुको उपचार खर्च स्वास्थ्य मन्त्रालयले तिर्ने भएको छ।
- अहिलेसम्म १७ जना घाइतेको उपचार खर्चबापत १० लाख ३६ हजारभन्दा बढीको बिल पेस भएको छ। अनुमानित उपचार खर्च ७० लाख रुपैयाँ पुग्ने छ।
- निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज र बी एण्ड बी अस्पतालले बिल पेश गरेका छन् र अर्थ मन्त्रालयमा भुक्तानीका लागि पठाइनेछ।
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार खर्चबापत विभिन्न अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिल पेस गर्न थालेका छन् ।
हालसम्म १७ जना घाइतेको उपचारबापत १० लाख ३६ हजार रुपैयाँभन्दा बढीको बिल प्राप्त भएको र सबै घाइतेको उपचार खर्च करिब ७० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड, र बीएन्डबी अस्पतालले १७ जना घाइतेको उपचार बिल पेस भएका छन् ।
यी अस्पतालहरूले जम्मा १० लाख ३६ हजार १६५ रुपैयाँ भुक्तानीका लागि माग गरेका उनले जानकारी दिए । प्रवक्ता बुढाथोकीले बाँकी घाइतेहरूको बिल आउने क्रम जारी रहेको र कुल उपचार खर्च करिब ७० लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान रहेको बताए । ‘बिल आउने क्रम जारी छ, करिब ७० लाखसम्मको बिल पेस हुने अनुमान छ,’ उनले भने ।
मन्त्रालयले सबै अस्पतालसँग समन्वय गरी बिलहरू संकलन गरिरहेको जनाएको छ । संकलित बिलको भुक्तानीका लागि अर्थ मन्त्रालयमा पठाइने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल
-
द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
-
राष्ट्रिय महिला फुटबल टोलीको घोषणा, प्रतिक्षा पहिलो पटक टिममा
-
वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौमा हुने
-
युट्युबमा रेखाले सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु