तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान
सारांश
- चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका घाइतेहरुको उपचार खर्च स्वास्थ्य मन्त्रालयले तिर्ने भएको छ।
- अहिलेसम्म १७ जना घाइतेको उपचार खर्चबापत १० लाख ३६ हजारभन्दा बढीको बिल पेस भएको छ। अनुमानित उपचार खर्च ७० लाख रुपैयाँ पुग्ने छ।
- निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज र बी एण्ड बी अस्पतालले बिल पेश गरेका छन् र अर्थ मन्त्रालयमा भुक्तानीका लागि पठाइनेछ।
काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार खर्चबापत विभिन्न अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिल पेस गर्न थालेका छन् ।
हालसम्म १७ जना घाइतेको उपचारबापत १० लाख ३६ हजार रुपैयाँभन्दा बढीको बिल प्राप्त भएको र सबै घाइतेको उपचार खर्च करिब ७० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड, र बीएन्डबी अस्पतालले १७ जना घाइतेको उपचार बिल पेस भएका छन् ।
यी अस्पतालहरूले जम्मा १० लाख ३६ हजार १६५ रुपैयाँ भुक्तानीका लागि माग गरेका उनले जानकारी दिए । प्रवक्ता बुढाथोकीले बाँकी घाइतेहरूको बिल आउने क्रम जारी रहेको र कुल उपचार खर्च करिब ७० लाख रुपैयाँसम्म पुग्न सक्ने अनुमान रहेको बताए । ‘बिल आउने क्रम जारी छ, करिब ७० लाखसम्मको बिल पेस हुने अनुमान छ,’ उनले भने ।
मन्त्रालयले सबै अस्पतालसँग समन्वय गरी बिलहरू संकलन गरिरहेको जनाएको छ । संकलित बिलको भुक्तानीका लागि अर्थ मन्त्रालयमा पठाइने प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण