‘जनताले जितेको दिन’ को स्मरणमा ‘यूथ सेलिब्रेशन’ आज
काठमाडौँ । नेकपा एमालेले युवालाई ‘जनताले जितेको दिन’ को स्मरण गराउने उद्देश्यले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते बिहीबार ‘यूथ सेलिब्रेशन’ को आयोजना गर्दैछ । बुधवार पत्रकार सम्मेलन गर्दै आयोजक एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले ‘यूथ सेलिब्रेशन’ को सम्पूर्ण तयारी पुरा भएको जानकारी दिँदै १ लाख युवाहरू सहभागी हुने बताए ।
युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा वैशाख ११ गते भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको अध्यक्ष थेबेको भनाइ छ ।
नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापी रूपमा युवाको सहभागिताका लागि त्यहाँ बहस हुने थेबेको भनाइ छ ।
भृकुटीमण्डपमा हुने युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न चर्चित कलाकार ब्यान्डको साङ्गीतिक प्रस्तुति, फोटो सेसन, टिकटक, लगायत युवाहरूलाई मनोरञ्जन दिन सकिने व्यवस्था मिलाएको एमालेले जनाएको छ ।
‘यूथ सेलिब्रेशन’ मा सहभागी हुन आउनेहरूका लागि टुँडिखेल, रङ्गशाला र बग्गीखाना नजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ । कार्यक्रममा युवाका ‘यूथ स्पिकर’ समेत प्रस्तुत गरिने एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण