बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भएको सम्झौताभन्दा चार महिना अगावै पुल तयार भएको ज्वालामुखी कन्स्ट्रक्सनका सुपरभाइजर नारायण पाण्डेले जानकारी दिए ।
पुल २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ । पाण्डेले भने, “पुल निर्माण कार्य सकिएको छ, अब फिनिसिङ्को काम भइरहेकाले औपचारिक रूपमा गाडी गुड्न मिलेको छैन । मोटरसाइकल भने गुड्न थालेका छन्, अबको एक हप्ताभित्रमा गाडी पनि आवतजावत गर्न मिल्छ । कम्पनीले उच्च प्राथमिकताका साथ काम गरेकाले यो सम्भव भएको हो ।”
निर्माण कम्पनीले अब छिट्टै नगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले बताए । उनले भने, “ईमान्दार भएर काम गर्ने हो भने सम्झौता अवधिभन्दा अघि पनि काम गर्न सकिन्छ भन्ने गतिलो सन्देश प्रवाह भएको छ । यसबाट अन्य निर्माण व्यवसायीले पनि केही सिक्न आवश्यक छ ।”
समयअगावै गुणस्तरीय निर्माण कार्यसम्पन्न गर्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्नुपर्ने कानुनी व्यवस्था रहेको सोअनुसार पुल निर्माण कम्पनीलाई पुरस्कृत गरिने नगरपालिकाले जनाएको छ ।
पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत रु छ करोड ११ लाख ३२४ बजेट विनियोजन गरिएको थियो । पुल बनेपछि आवागमन सहज हुनाका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले पुल निर्माणपछि बसपार्कमा गाडी व्यवस्थापनका साथै सवारीसाधन र स्थानीयलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण