ट्राफिकले सर्वसाधारणलाई निर्घात कुटेको भिडियो कति पुरानो ?
काठमाडौं । ट्राफिक प्रहरीका एकजना जवानले सर्वसाधारणलाई निर्घात कुटेको भिडीयो सामाजिक सञ्जालमा भाइरल छ ।
सामाजिक संजाल प्रयोगकर्ताले ‘राज्य आतंक’ भनेर त्यसलाई शेयर गर्दै त्यसबारे प्रतिक्रिया व्यक्त गरिरहेका छन् । भिडियोमा ४ जना ट्राफिक प्रहरी देखिन्छन् ।
सँगै कीर्तिपुर यातायात लेखिएको एउटा बस पनि देखिएको छ । ३ जना ट्रापिकले हेरेका छन्, एकजना जवानले सर्वसाधारणलाई बुटले निर्घात कुटेका छन् । भिडियो काठमाडौं उपत्यकाको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
सामाजिक सञ्जाल मार्फत सार्वजनिक ट्राफिकको व्यवहार झल्कने भिडियोबारे थाहा पाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
सो भिडियो कम्तिमा साढे २ महिना पुरानो भएको गिरीले आकलन गरेका छन् । उनि भन्छन्, ‘भिडीयोमा देखिएका ट्राफिक प्रहरीले ज्याकेट लगाएका छन्, हामिले ज्याकेट लगाउन छोडेको दुई महिनाभन्दा बढी भैसक्यो ।’
कुटपिटमा संलग्न प्रहरी कर्मचारीहरुबारे बुझ्ने काम भइरहेको एसपी गिरीले जानकारी दिए । उनले भने, ‘ त्यसबारे बुझ्ने काम भइरहेको छ ।’
भुँइमा ढलेर उठ्न खोजेका पीडितलाई ट्राफिकले शुरुमा अनुहारमा बुटले हान्छन् । अर्कोपटक फेरी छातिमा समातेर प्रहार गरेपछि उनको कागजात र मोबाइल फाल्छन् । अर्का ट्राफिकले कागजात र मोबाइल संकलन गरेको भिडियोमा देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण