रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन् - अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
बिहीबार, ११ वैशाख २०८२, १९ : ०८
काठमाडौँ । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अब सार्ववजिक शिक्षाको सवलीकरणमा लाग्ने बताएकी छन् ।
शिक्षामन्त्रीबाट राजीनामा दिएर केही दिन सम्पर्क बाहिर रहेकी भट्टराईले नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तलाई बधाई दिँदै आफ्नो नयाँ यात्राबारे जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,अबको मेरो यात्रा सार्वजनिक शिक्षाको सवलिकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहनेछ ।’
करिब ९ महिना मन्त्रालयमा रहँदा शिक्षा क्षेत्रमा केही सुधार गर्ने प्रयास गरेको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् ।
आफुलाई विश्वास गरेर आफ्नो नेतृत्वमा बनेको सरकारमा सँगै काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उनले धन्यवाद दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
-
‘बीपीका आदर्श र विचार आज पनि उत्तिकै महत्त्वपूर्ण’
-
मन्त्रीको राजीनामा होल्ड हुनु र मुख्यमन्त्री बानियाँले भेट नदिनु होइन संयोग मात्र
-
हर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण