पाटन क्याम्पसमा २० गते स्ववियु निर्वाचन हुने
बिहीबार, ११ वैशाख २०८२, १९ : १८

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा वैशाख २० गते स्ववियु निर्वाचन हुने भएको छ । २०८१ चैत ५ गते रोकिएको निर्वाचन आगामी २० गतेका लागि तोकिएको हो ।
चैत ५ गतेको निर्वाचन रोकिएपछि चैत १६ गतेका लागि अर्को मिति तोकिएको थियो । त्यसपछि स्ववियु निर्वाचन गराउन भन्दै उच्च अदालत पाटनमा दायर भएको उत्प्रेषणको मुद्धामा चैत २५ गते तत्काल निर्वाचन गराउन आदेश भएको थियो ।
अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा कृयासिल विद्यार्थी संगठनहरुसहितको बैठकले २० गते शनिवार निर्वाचन गराउने सहमति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकासकाे गतिमा यसरी अघि बढ्दैछ पालुङटार
-
चौधरीलाई मन्त्री बनाउन संसदीय दलको सिफारिस
-
१० बजे १० समाचार : अख्तियारको फन्दामा 'ठुलो माछा', केहीलाई ‘उन्मुक्ति’
-
माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको छ : अध्यक्ष दाहाल
-
सगरमाथा आरोहणका लागि बेसक्याम्पमा ट्रेनिङ लिइरहेको छु : विश्वप्रकाश शर्मा
-
सगरमाथा संवादमा थामेको आवाज सम्बोधन हुन्छ : प्रधानमन्त्री ओली