हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ : परराष्ट्र सचिव
काठमाडौँ । परराष्ट्र सचिव अमृत बहादुर राईले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखा परेको विवादास्पद अवस्थाको अन्त्यका लागि मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँगको भेटमा परराष्ट्र सचिव राईले गैरआवासीय नेपाली संघको महत्व आफैँमा पृथक रहेको भन्दै संस्थामा देखा परेको समस्या समाधानका लागि आफू तालुकदार मन्त्रालय भएको हिसाबले पनि सकारात्मक पहल गरिरहेको बताए । उनले भने, “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ, जो सँग सरकारले सहकार्य र समन्वय गर्न सकोस् ।”
त्यसअघि संघका अध्यक्ष डा बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले वर्तमान विवादको मुल कारण, शेष घले पक्षले एकतर्फी रुपमा गर्न लागेको महाधिवेशन र त्यसमा परराष्ट्र मन्त्रालयको भूमिका सन्दर्भमा धारणा राखेका थिए ।
अध्यक्ष डा केसीले आफूहरुले हरसम्भव प्रयास गर्दापनि ११ औँ कार्यसमितिलाई चिन्दै चिन्दैनौँ भनेर घले नेतृत्वको उच्चस्तरिय समितिले संवादको ढोका नै बन्द गरिदिएको बताएका थिए ।
सोही अवसरमा अध्यक्ष डा केसीले नागरिकताको कार्यान्वयन लगायत आर्थिक सामाजिक र सांस्कृतिक अधिकारको कार्यान्वय गैरआवासीय नेपाली ऐनसँग पनि जोडिने भएकोले उक्त ऐन यथाशक्य छिटो ल्याउन समेत अनुरोध गरेको सचिवालयले जनाएको छ ।
यसबीच केसी नेतृत्वको एनआरएनएले बिहीबार नै गृहमन्त्री रमेश लेखकसँग पनि भेटवार्ता गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण