केपी ओली नेतृत्वको सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ
शुक्रबार, १२ वैशाख २०८२, १३ : ५३

सुर्खेत । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङ जस्ता काम गर्न सक्ने सक्षम कर्मचारीलाई कारबाही गर्ने याे सरकारले द्वन्द्व निम्त्याउने काम गरिरहेको उनको भनाइ थियो।
'सरकारकाे बेथितिले जनतामा नैराश्यता पैदा गरायो,' उनले भने, 'शिक्षक आन्दोलन र शिक्षा विधेयकप्रति सरकारले निकम्मापना देखायो।' साथै उनले सरकार जनताको अभिभावक बन्न नसकेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य