कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने

हेटौँडा । काठमाडौँ जोड्ने कान्ति लोकपथ १५ दिन दैनिक ६ घण्टा बन्द हुने भएको छ । सो सडक मर्मत गर्नुपर्ने भएकाले आगामी वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कान्ति लोकपथमा बिहान १० बजेबाट साँझ ४ बजेसम्म सवारी आवागमन बन्द हुने जनाएको हो । सूचना अनुसार मकवानपुरको बकैया गाउँपालिकास्थित ठिगन–बगुवा सडक खण्डमा सडकको चौडाइ विस्तारको कार्य भइरहेको छ ।
ठिंगन–बगुवा सडक खण्ड अन्तर्गत गंगटे नजिकैको भर्याङ डाँडामा सडकको चौडाइ विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म (१५ दिन) उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म बन्द हुने भएको हो ।
सो अवधिमा दैनिक ६ घण्टा उक्त सडकमा यातायात आवागमन बन्द रहने भएकोले सो अवधिमा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ । सो सडक कान्ति लोकपथ सडक आयोजना, चाकुपाट, ललितपुर मार्फत ठेक्का लागेर एमएस सर्वशक्ति पञ्चकन्या सनस्टार जेभीले निर्माण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल च्यालेन्ज प्रो-एम : मगरको टिमलाई उपाधि
-
नेसपा गंगानारायण श्रेष्ठ समुहद्वारा केन्द्रीय समिति पुनर्गठन
-
कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी