पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा

हेटौँडा । पर्यटन प्रवर्द्धनका लागि ५०० जना बढी साइकल यात्रीसहित राइड हेटौँडा टु सौराहा– २०८२’ शुक्रबारबाट सुरु भएको छ । स्वास्थ्य, वातावरण तथा पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा तथा साइकल सिटी मकवानपुरको समन्वयमा साइकल यात्रा गरिएको हो ।
हेटौँडाको बुद्धचोकबाट पन्चैबाजा, नेवारी वाजा, खैजेडी भजनसहित उद्घाटन गरिएको कार्यक्रमको समापन भने आज दिउँसो सौराहामा गरिने छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले गरिएको साइकल यात्रामा देशका विभिन्न क्षेत्रका साइकल यात्रीहरू सहभागी भएका छन् ।
यात्रामा १४ वर्ष भन्दा बढी उमेर समूहका साइकल यात्रीको सहभागिता रहेको छ । ५६१ जना साइकलयात्रीको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले कार्यक्रमबाट पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।
उनले साइकल स्वास्थ्यका लागि अति उपयोगी साधन भएको र यसको प्रवर्द्धन र विकासका लागि सबै लाग्नुपर्ने बताए । साइकल यात्रामा २४ लाख ४५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । हेटौँडा उपमहानगरपालिकादेखि चितवन जिल्लासम्मको ७५ किलोमिटरको दुरीमा सहभागीहरूले यात्रा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत
-
मिथिला संस्कार र संस्कृतिमा बढ्दो तमकझमक
-
जलवायु परिवर्तनले हुने हानी, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाऔँ : विज्ञहरू
-
रामायणले नेपाली समाजलाई जोड्ने काम गर्यो : शिक्षामन्त्री पन्त
-
सगरमाथा संवाद विश्वका लागि प्रेरणादायक उदाहरण : युएनडीपी उपाध्यक्ष