केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
धुलिखेल । काठमाडौँ विश्वविद्यालयको बहुप्रतीक्षित खेलकुद महोत्सव केयू रनिङ शिल्ड २०८२ आज एक भव्य समापन समारोहसहित सम्पन्न भएको छ। साताव्यापी प्रतिस्पर्धामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसले शानदार प्रदर्शन गर्दै सबैभन्दा बढी स्वर्ण पदक जितेर यस वर्षको प्रतिष्ठित शिल्ड आफ्नो नाममा गर्न सफल भएको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यतामा समापन समारोह सम्पन्न भएको थियो भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले खेलकुदले विद्यार्थीहरूमा नेतृत्व क्षमता, स्वअनुशासन र आपसी सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
यस वर्षको प्रतियोगितामा काठमाडौँ विश्वविद्यालयका सातवटै स्कुलहरूसहित आठभन्दा बढी सम्बन्धन प्राप्त कलेजहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। देशैभरका विभिन्न विद्यार्थीहरूको सहभागिताले प्रतिस्पर्धालाई समावेशी, ऊर्जाशील र प्रेरणादायी बनाएको छ । प्रतियोगिताका विभिन्न खेल विधाहरूमा विद्यालयहरूबिच उत्कट प्रतिस्पर्धा देखिएको थियो। स्कुल अफ ल , स्कुल अफ म्यानेजमेन्ट सहितका क्याम्पस समेतले उत्कृष्ट प्रदर्शन गरी प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएका थिए।
यस वर्षको केयू रनिङ शिल्ड ले खेलकुदको माध्यमबाट विद्यार्थीसँगै विश्वविद्यालय समुदायमा आपसी एकता र समावेशी भावना अभिवृद्धि गर्न सफल भएको आयोजकहरूको विश्वास लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण