बेलायती राजकुमारमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको निधन
शनिबार, १३ वैशाख २०८२, १५ : ३१
लण्डन । बेलायती राजकुमार एन्ड्रयू र जेफ्री एपस्टाइनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने भर्जिनिया गिफ्रेले ४१ वर्षको उमेरमा आत्महत्या गरेको उनको परिवारले पुष्टि गरेको छ।
गिफ्रे दोषी ठहरिएका यौन अपराधी एपस्टाइन र उनकी पूर्व प्रेमिका घिसलेन म्याक्सवेलमाथि सबैभन्दा स्पष्ट आरोप लगाउनेहरूमध्ये एक थिइन्। उनले १७ वर्षको उमेरमा उनलाई ड्यूक अफ योर्क एन्ड्रयूलाई बेचबिखन गरिएको आरोप लगाएकी थिइन् । यो आरोप राजकुमार एन्ड्रयूले अस्वीकार गर्दै आएका छन्।
शुक्रबार एक विज्ञप्तिमा आफन्तहरूले उनी ‘यौन दुर्व्यवहार विरुद्धको लडाईमा एक योद्धा’ भएको जिकिर गरेका छन् । ‘यौन दुर्व्यवहार र यौन बेचबिखनको जीवनभर शिकार भएपछि उनले आत्महत्या गरेर आफ्नो ज्यान गुमाइन्,’ उनको परिवारको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण