एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित
काठमाडौँ । मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेस्रो संस्करण विराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनद्वारा आयोजित प्रतियोगिताको बैजनाथपुर क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन् ।
उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरी बल ( एपीएफ ) लाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ। एपीएफले दिएको १३१ रनको लक्ष्य आर्मीले ३७. २ ओभरमा ८ विकेट गुमाएर भेटायो।
आर्मीको ब्याटिङमा प्लेयर अफ द म्याच समेत घोषित नरेन साउदले सर्वाधिक ६४ रन योगदान दिए । यस क्रममा उनले ८४ बलमा ७ चौका प्रहार गरे। सुमित श्रेष्ठले अविजित २१ रन बनाए जुन क्रममा ६५ बलमा २ चौका प्रहार गरे। पवन कार्कीले अविजित १० रन बनाए। कप्तान विनोद भण्डारीले ८ रन, जितेन्द्र सिंह ठकुरीले ९ रन, इमरान शेखले ६ रन बनाउदा हिमांशु दत्ता र निश्चल क्षेत्रीले खाता खोल्न सकेनन्।
६८ रनमा ७ विकेट गुमाएको अवस्थाबाट नरेन साउदले सुमित श्रेष्ठसँग आठौँ विकेटको लागि ४० रनको साझेदारी गरे। नरेनको विकेटपछि श्रेष्ठले पवन कार्कीसँग नवौँ विकेटको लागि २६ रनको साझेदारी गर्दै जितसम्म पुर्याए ।
एपीएफको बलिङमा देब्रे हाते स्पिनर दिवान पुनले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन ओभर गर्दै १९ रन खर्चिए। विकास आग्री र भुवन कार्कीले समान २ विकेट लिए।
यस अघि टस हारेर ब्याटिङ गरेको एपीएफले ४४. ३ ओभरमा १३० रनमा सबै विकेट गुमायो। उसको लागि प्रकाश जैसीले सर्वाधिक ३४ रन बनाए। कप्तान भुवन कार्कीले २५, दिपक बोहराले १६, अविशेक पालले १२ तथा आयुष्मान् बमले ११ रन बनाए।
आर्मीको बलिङमा देब्रे हाते पेसर दुर्गेश गुप्ताले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले ७ ओभरमा १ मेडन ओभर गर्दै १७ रन खर्चिए। नरेन साउद र विशाल सुश्लिंगले समान २ विकेट तथा तुल बहादुर थापा र पवन कार्कीले १/१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत भोलि आइतबार हुने दोस्रो खेलमा एपीएफ र बागमती प्रदेश प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन्। समूह 'बि' मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन्।
प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वस्थ शरीर, स्वस्थ सृजना’ नारासहित मकवानपुरमा ‘आरोग्य साहित्यिक यात्रा’ हुँदै
-
मौलापुरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन
-
प्रधानमन्त्रीसँग निर्माण व्यवसायीको गुनासो : म्याद थप, भुक्तानी र ठेक्का व्यवस्थापन चुनौती
-
विश्वकप क्वार्टरफाइनल अघि फ्रान्स र मोरक्को दुवै मारमा
-
स्ट्रेट अफ होर्मुजमा जहाज आवागमन ठप्प
-
प्रतिनिधि सभाकाे शून्य समयमा कसले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण