संक्रमणकालीन न्याय : सर्ट लिस्ट सार्वजनिक गर्न सर्च कमिटीको अन्तिम तयारी
काठमाडौँ । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले इच्छुकहरूमध्ये परेका निवेदनहरूमध्येबाट सर्ट लिस्ट सुची सार्वजनिक गर्ने तयारी गरेको छ ।
संक्रममणकालीन न्याय सम्बन्धी दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)ले १११ जनाको नाम मध्येबाट सर्ट लिस्ट तयार गर्न लागेको हो ।
यसअघि समितिले चैत २८ गते सूचना प्रकाशित गर्दै व्यक्तिगत तथा संस्थागत तर्फबाट आवेदन आह्वान गरेको थियो । आयोगको पदाधिकारीका लागि व्यक्तिगत तर्फबाट ८२ जनाले आवेदन दिएका थिए । जसमध्ये अध्यक्ष पदमा उम्मेदवारी दिनेहरूमा विजयसिंह सिजापति, डिल्लीराज आचार्य, विश्वराज कोइराला, उमेश प्रसाद र रेश्मा थापा रहेका छन्।
त्यस्तै, संस्थागत सिफारिसमार्फत २९ जनाले आवेदन दिएका थिए । यसमा अध्यक्ष पदका लागि मन्दिरा शर्मा, राधेश्याम अधिकारी, गिरीश चन्द्र लाल, कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, हरिहर वस्ती, शम्भुराम सिम्खडा, शंकरकृष्ण श्रेष्ठ, विपिन अधिकारी, सानुराज पोखरेल, डिल्लीराम मैनाली, गोपालकृष्ण घिमिरे, विष्णुमाया भुसाल, मिलन श्रेष्ठ, शान्तिदेवी श्रेष्ठ, खिमलाल देवकोटा र सुशीला चौधरीको नाम छ । तिनै नामहरूमध्येबाट सिफारिस समितिले उपयुक्त उम्मेदवारको नाम छनोट गरी सर्ट लिस्ट सार्वजनिक गर्नेछ ।
सिफारिस समितिका प्रवक्ता लिली थापाले सार्वजनिक नाममा अध्ययन र छलफल भइरहेकाले चाँडै सर्ट लिस्ट सार्वजनिक गर्ने तयारी भएको बताइन् । अर्का सदस्य खम्बहादुर खातीले सोमबारसम्म सर्ट लिस्ट सार्वजनिक गर्ने तयारीअनुसार छलफल र अध्ययन भइरहेको जनाकारी दिए । सिफारिस समितिको सर्ट लिस्टमा परेकाहरुमध्येबाट दुवै आयोगका लागि २ अध्यक्षसहित १० जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ ।
सरकारले गत चैत ११ गते सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्तिका लागि सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिलाई २ महिनाको समयसीमा तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण