रवीन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइँदै, भेट्न जानेसँग आन्दोलनमै जोडबल
काठमाडौँ । चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रलाई आज अदालतमा उपस्थित गराइन लागिएको छ । यसअघि गरिएको ३ दिनको म्याद थप सकिएसँगै आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
यसैबिच मिश्रले आफूलाई भेट्न जाने पार्टीका नेताहरूलाई निर्णायक आन्दोलन गर्नु पर्ने बताउने गरेका छन् ।
राजावादी पार्टी राप्रपाका एक नेताले पछिल्लो दिन प्रहरी परिसरमा भेट्न पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई समेत मिश्रले यही सुझाव दिएको जानकारी दिए । ‘राप्रपाका लागि माहौल एकदमै अनुकूल छ । यो माहौल सधैँ नरहन सक्छ, अहिले नगरे कहिले ?’ वरिष्ठ उपाध्यक्ष मिश्रको भनाइ उद्धृत गर्दै राप्रपाका ती नेताले भने ।
‘नेताहरू निजी स्वार्थमा रुमल्लिन हुन्न । कमसेकम भावी सन्तति र पार्टीका लाखौँ युवाहरूको भविष्यका लागि नेतृत्व जिम्मेवार भएर आन्दोलनमा होमिनु बाहेक अरू विकल्प छैन,’ मिश्रले लिङ्देनलाई भने ।
अध्यक्ष लिङ्देनलाई जस्तै पार्टीका अरू नेता समक्ष पनि मिश्रले यही विचार राख्ने गरेका छन् । ‘मैले त पार्टी बैठकहरूमा कुरा राखेकै हो, अहिले पनि भन्दैछु । देशले परिवर्तन मागेको छ, यस्तो माहौल छ, राप्रपाले यसबेला नगरे कहिले गर्ने ?’ मिश्रको भनाइ उद्धृत गर्दै राप्रपाका अर्का एक कार्यसम्पादन समिति सदस्यले भने । ती नेताका भनाइमा मिश्रको उच्च मनोबल, उत्साह र ऊर्जामा कुनै कमी आएको छैन ।
केन्द्रीय सदस्य रञ्जन कार्कीका अनुसार, मिश्र बाहिर भएका घटनाक्रम बारे अपडेट छन् । उनले हिरासतमा भेट्न आउन राप्रपाका नेता, कार्यकर्ता र राष्ट्रवादी धारका अभियन्ताहरुलाई उर्जा थप्ने र यथार्थपरक सुझावहरु दिने गरेका छन् ।
‘विहान उठेर दुई घण्टा कसरत गर्छु । त्यसपछि दिनको पत्रपत्रिका सबै पढ्छु । कविता लेख्छु । खानपिनको कुनै समस्या छैन । खाली समय आराम गर्छु, कुनै कुनै बेला निदाइ पनि हाल्छु । साथीहरु नियमित भेट्न आउनु हुन्छ, भेटघाट हुन्छ, गर्छु । बस्ने, खाने कुनै समस्या छैन, कोठाको सुविधा राम्रो छ, आराम छ,’ मिश्रको भनाइ उद्धृत गर्दै कार्कीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुष्पलाल स्मृति दिवस मनाइँदै
-
कर्णालीमा सवारी कारबाहीबाट रु तीन करोड ४१ लाख राजस्व सङ्कलन
-
आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण