‘असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्छ’
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा आन्दोलन भइरहेको बताए । उनले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको भन्दै उनले यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको धारणा राखे । निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।
उनले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सवैका जिम्मेवारी र कर्तव्य भएको जिकिर गरे ।
दाहालले संघीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत अन्य महत्त्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कारबाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास व्यक्त गरे ।
चालू अधिवेशनमा देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न राष्ट्रियसभा सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण