‘असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्छ’

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सभाको अठारौँ अधिवेशन शुभारम्भमा आइतबार राष्ट्रियसभामा मन्तव्य व्यक्त गर्दै अध्यक्ष दाहालले समयमै कानुन निर्माण गर्न नसक्दा ऐन कानुनको माग गर्दै सडकमा आन्दोलन भइरहेको बताए । उनले सडकमा व्यक्त असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमा नै आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
नेपाली जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानकै विरुद्धमा देखिएका गतिविधिहरूलाई नजिकबाट नियालिरहेको भन्दै उनले यस सन्दर्भमा सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको धारणा राखे । निर्माण गर्नुपर्ने कानुनहरू यथासम्भव टुङ्ग्याउन र नागरिक समस्या सम्बोधन गरी सुशासन कायम गर्न सबैको पहलकदमी र साझा प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।
उनले सडकमा मुखरित विषयवस्तु र जनताले अपेक्षा गरेबमोजिम सेवा प्रवाह लगायतका विषयमा गम्भीर ढङ्गले विचार विमर्श गरी निष्कर्षमा पुग्नु सवैका जिम्मेवारी र कर्तव्य भएको जिकिर गरे ।
दाहालले संघीय निजामती सेवा विधेयक, २०८०, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल प्रहरी विधेयक २०८१ लगायत अन्य महत्त्वपूर्ण विधेयकहरू राष्ट्रिय सभामा प्राप्त हुनासाथ प्राथमिकताका साथ कारबाही अगाडि बढ्ने र समयमै सभाबाट पारित हुने विश्वास व्यक्त गरे ।
चालू अधिवेशनमा देशको समग्र विकासलाई सरकारको नीति र विधिमार्फत निर्देशित गरी जनताको जीवनस्तर उकास्न राष्ट्रियसभा सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी