अपडेट
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार
आइतबार, १४ वैशाख २०८२, १५ : ४३

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ । साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ ।
आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।अघिल्लो दिन ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आज कारोबारमा आएका १०४ कम्पनीको मूल्य बढेको छ । यस्तै १४१ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै लगानी सेक्टर सेयर बढेको छ भने फाइनान्सको सेयर घटेको छ । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढेको छ ।
यस्तै बैङ्किङ ०.३९, विकास बैङ्क ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०।३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए