अपडेट
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार
आइतबार, १४ वैशाख २०८२, १५ : ४३
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ । साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ ।
आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।अघिल्लो दिन ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आज कारोबारमा आएका १०४ कम्पनीको मूल्य बढेको छ । यस्तै १४१ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै लगानी सेक्टर सेयर बढेको छ भने फाइनान्सको सेयर घटेको छ । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढेको छ ।
यस्तै बैङ्किङ ०.३९, विकास बैङ्क ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०।३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण