भारत छाड्ने अन्तिम दिन रुँदै फर्किए पाकिस्तानी
पीटीआई/चण्डीगढ । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच सम्बन्ध चिसिएको छ । भारत सरकार पाकिस्तानविरुद्ध एक्सनको मोडमा छ ।
सार्क भिसामा भारत आउने पाकिस्तानी नागरिकहरूका लागि बहिर्गमन समयसीमा अप्रिल २६ मा समाप्त भएको थियो भने मेडिकल भिसामा आउनेहरूबाहेक सबैको लागि आज अर्थात् अप्रिल २७ मा समाप्त हुँदैछ ।
पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ सम्म मान्य हुने जनाइएको थियो ।
'मेरी आमा भारतीय हुनुहुन्छ र उहाँलाई हामीसँग पाकिस्तान जान अनुमति छैन,' किशोरी सरिताले रुँदै भनिन् । उनलाई थाहा छैन उनी फेरि कहिले भेट्न सक्छिन् । उनी, उनका भाइ र बुबा आइतबार भारतबाट बाहिरिन अटारी सीमामा लाइनमा उभिएका सयौं मानिसहरूमध्ये हुन् ।
अमृतसर जिल्लाको अटारी सीमामा पाकिस्तानी नागरिकहरू आफ्नो देश प्रवेश गर्न हतारिएपछि सवारी साधनहरूको लामो लाइन लागेको थियो । धेरै भारतीय आफ्ना पाकिस्तानी आफन्तहरूलाई बिदाइ गर्न अटारी पुगेका थिए । जहाँ बिछोडको पीडा स्पष्ट रूपमा देखिएको थियो । सरिताको परिवार अप्रिल २९ मा हुने आफन्तको विवाहका लागि भारत आएको थियो ।
सरिताले भनिन्, 'हामी नौ वर्षपछि भारत आएका हौँ ।' उनी, उनका भाइ र बुबा पाकिस्तानी हुन् भने उनकी आमा भारतीय हुन् । उनीहरूले (अटारीका अधिकारीहरू) मेरी आमालाई हामीसँग जान नदिने बताइरहेका छन् । 'मेरा आमाबाबुले १९९१ मा विवाह गर्नुभयो। उहाँहरू भारतीय राहदानीवाहकहरूलाई अनुमति नदिने भनिरहेका छन्,' उनले आँसु झार्दै भनिन् ।

धेरैजसो पाकिस्तानी नागरिकहरूले मिडियासँग आफूहरू आफ्ना आफन्तहरूलाई भेट्न भारत आएको बताएका छन् । केही मानिसहरू विवाहमा सरिक हुन् आएका थिए । तर अब उनीहरू त्यहाँ नगई घर फर्कनुपरेको छ । जैसलमेरका एक व्यक्तिले भने, 'मामा, काकी र छोराछोरी ३६ वर्षपछि भेट्न आएका थिए, तर उनीहरू अगाडि नै फर्किनुपर्यो ।' उनले आफू अप्रिल १५ मा पाकिस्तानको अम्राकोटबाट ४५ दिनको भिसामा भारत आएको बताए । तर उनले कोही पनि आफन्तलाई भेट्न पाएनन् ।
भारतले समयसीमाभित्र देश नछोड्नेहरूलाई नयाँ लागु गरिएको आप्रवासन र विदेशी ऐन, २०२५ अन्तर्गत कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण