आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आइतबार शिक्षक र पत्रकारमाथि प्रहरीले गरेको दमनको विरोध गरेका छन् । काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबिच आज दिउँसो झडप भएको थियो ।
त्यसक्रममा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । जसबाट शिक्षकसहित आन्दोलनको रिपोर्टिङ गर्न पुगेकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समेत घाइते भएकी थिइन् ।
प्रहरीले शिक्षक र पत्रकारमाथि ज्यादती गरेपछि शर्माले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रहरी दमनको विरोध गरेका हुन् ।
शिक्षकका मागहरूप्रति सरकार गम्भीर बन्न उनले आग्रह समेत गरेका छन् । तत्काल शिक्षकका माग पूरा गरि पठन-पाठन सुचारु गर्नुपर्नेमा उनले जोड दिए ।
शिक्षक आन्दोलनले हजारौं शिक्षकहरु मात्रै नभई लाखौं अभिभावकहरु समेत चिन्तित र विद्यार्थीहरुको भविष्यप्रति खेलबाड भइरहँदा सरकार छ की छैन भन्ने प्रश्न समेत उठेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण