भारतीय नागरिकलाई पाँच वर्षपछि कैलास यात्रा खुला
चीन । चीनले झण्डै पाँच वर्षपछि भारतीय नागरिकलाई सनातनी हिन्दुको पवित्र कैलास पर्वत दर्शनका लागि खुला गरेको छ ।
चीनको सिचाङ्ग विशेष क्षेत्रअन्तर्गत तिब्बतमा रहेको कैलास पर्वत दर्शनका लागि चीनले भारतीय नागरिकलाई कोरोना महामारीपछि अनुमति दिएको थिएन । यसअघि, नेपाली नागरिक र गैरआवासीय भारतीय नागरिकलाई अनुमति दिए पनि भारतीय राहदानीवाहकलाई यात्रामा रोक लगाएको थियो ।
‘अब भारतीय सनातनी हिन्दुहरूका लागि कैलास दर्शन चीनले खुला गरेको छ ।’ ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले भने, 'चीन र सिचाङ्गको स्थानीय सरकारले भारतीय नागरिहरूका लागि यात्रा अनुमति खुला गरेको छ ।' अब कैलास दर्शन गर्न आउने भारतीयले भारतको भूमि र नेपालको बाटो हुँदै दुवै तर्फबाट कैलास यात्रा गर्न सक्नेछन् ।
नेपालबाट हुम्ला नाका र केरुङ नाकाबाट कैलास यात्रा गर्न सकिने छ । काठमाडौँ हवाई जहाजमा ल्हासास्थित विमानस्थलबाट आएर कैलास यात्रामा जान सकिन्छ ।
यसैबिच भारतीय विदेशमन्त्रालयले जुनदेखि अगस्टभित्र भारतीय भूमि सिक्किम र उत्तराखण्ड दुई नाकाबाट यात्रा गर्न चाहने यात्रीका लागि रजिस्ट्रेसनसमेत खुला गरेको छ । भारतीय विदेश मन्त्रालयले १५ वटा समूह बनाएर ५०–५० जनाको टोलीमार्फत कैलास यात्रा गराउने सूचना सार्वजनिक गरेको हो । यात्राका लागि २१ दिनको समय लाग्ने जनाइएको छ ।
सिक्किम भएर यात्रा गर्न भारु २ लाख ८३ हजार रुपैयाँ, र उत्तराखण्डको बाटो हुँदै जाने एक लाख ७४ हजार रुपैयाँ लाग्ने उल्लेख गरिएको छ । आवेदनका लागि भारत सरकारले https://kmy.gov.in/ मा आवेदन दिन भनेको छ ।
भारत नागरिकका लागि कैलास यात्रा अनुमति खुला गरेपछि नेपाली बाटो हुँदै यात्रा गर्न चाहने भारतीयले सोधपुछ गर्न थालेका छन् ।
कैलास टुर अपरेटर एसोसियनका अध्यक्ष विमल नहर्कीले कैलास यात्रा खुला गरेपछि नेपालमामा भारतीय पर्यटक थप हुने बताए । उनले भने, ‘पशुपतिनाथ दर्शन गरेर कैलास यात्रा गर्ने र कैलास यात्रापछि पनि पशुपतिनाथको दर्शन गर्ने तीर्ययात्रीको संख्या बढ्ने सम्भावना छ ।’
कैलासलाई सनातनी भगवान् शिवको मुल निवास मानिन्छ । पछिल्लो समय कैलास यात्राका लागि नेपाली तीर्थयात्रीको संख्या पनि धेरै छ । नेपाली पर्यटन व्यवसायीले भारतीय तीर्थयात्रीलाई सडक मार्गबाट तीर्ययात्रा गर्दा लाग्ने खर्चबारे चिनियाँ व्यासायीसँग छलफलपछि मात्र तय गर्ने हुने बताएका छन् ।
कैलास यात्रा गर्न चाहने नेपाली तीर्थयात्रीका लागि भने व्यवसायीहरूले १ लाख ५० हजार रुपैयाँ लिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण