गोहीको अण्डा सङ्कलन सुरु
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरी ती गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको हो ।
राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो । भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागिएको उनको भनाइ छ । यही वैशाख १० गतेसम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो ।
गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठ वटा गुँडबाट अण्डा निकालिएको थियो । यसवर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उनले बताए । यसवर्ष राप्ती नदीको पूर्वबाट सुरु अण्डा सङ्कलन गरिने छ । गत वर्ष २४७ वटा अण्डा सङ्कलन गरी कोरलिएको थियो ।
निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरेर नदी किनारका जोखिमा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याएर कोरल्ने गरिन्छ । कोरलिएका बच्चा हुर्काएर पुनः विभिन्न नदीमा छोड्ने गरिएको छ ।
यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ । पछिल्लो समयमा राप्ती र नारायणीमा मात्रै छाड्ने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण