युक्रेनले क्रिमियामाथिको आफ्नो दाबी त्याग्ला ?
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की शान्ति सम्झौताको एक भागको रूपमा रूसलाई क्रिमिया सुम्पन इच्छुक छन् भन्ने विश्वास गरेका छन् ।
युक्रेनी राष्ट्रपति आफ्नो दक्षिणी प्रायद्वीपको नियन्त्रण त्याग्न इच्छुक छन् भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा ट्रम्पले भने, 'मलाई त्यस्तै लाग्छ।' हाल क्रिमियामाथिको दाबी युक्रेनको छ ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न गोलीबारी रोक्न र सम्झौतामा हस्ताक्षर गर्नू पनि आह्वान गरे । यो दुई हप्ता भित्र हासिल गर्न सकिने ट्रम्पको विश्वास छ ।
पोप फ्रान्सिसको अन्त्येष्टिमा भाग लिने क्रममा भ्याटिकन सिटी पुगेका ट्रम्पले अप्रिल २६ मा जेलेन्स्कीसँग छोटो भेटघाट गरेका थिए ।
ट्रम्पले बैठक राम्रो भएको र क्रिमियाको बारेमा केही छलफल भएको बताए। ट्रम्पको हालैको टिप्पणीमा युक्रेन र रुसबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण