प्रधानमन्त्रीबाटै शिक्षकप्रति दमनको भाषा बोल्ने काम भयोः वर्षमान
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले जारी शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै पुनले शिक्षकका माग सुन्नुको साटो सरकारले दमनको भाषा बोलेको बताए ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच आइतबार बानेश्वर क्षेत्रमा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गर्दा एक सञ्चारकर्मीसहित ६० बढी शिक्षक घाइते भएका थिए ।
पुनले विगतमा सरकारसँग तीन चरणमा भएका सहमति पालना गर्न सरकारको ध्यानाकर्षण गराए । ‘करिब एक महिनादेखि पेशागत माग राखेर शिक्षकहरु सडक आन्दोलनमा छन् । विगतमा तीन चरणमा भएका सहमति पालना गर्नुको सट्टा सरकारले दमनको भाषा बोलेको छ’, पुनले भने, ‘यसको म निन्दा र भत्र्सना गर्दछु ।’ लोकतन्त्रमा जनताका आवाज र असन्तुष्टिको समाधान वार्ता र संवादबाट खोजिनुपर्नेमा प्रधानमन्त्री केपी ओलीले नै बल प्रयोग र हठ प्रदर्शन गरेको टिप्पणी उनको थियो । ‘लोकतन्त्रमा जनताका असन्तुष्टि र मागको सम्बोधन संवादबाट हुनुपर्ने हो’,उनले भने, ‘सम्माननीय प्रधानमन्त्री नै शिक्षकहरुप्रति बल प्रयोग र हठको भाषा बोलिरहनुभएको छ ।’
पुनले तत्काल वार्ता गरी शिक्षकहरुका जायज माग सम्बोधन गर्न आफ्नो दलका तर्फबाट माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण