राष्ट्रिय उसु निर्णायक र डिप्लोमा कोर्ष सम्पन्न
काठमाडौँ । नेपाल उसु महासंघको आयोजनामा सातौँ राष्ट्रिय उसु निर्णयक परीक्षा कोर्ष तथा ११औँ राष्ट्रिय उसु डिप्लोमा कोर्ष सोमबार सम्पन्न भएको छ ।
सहभागीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, आयोजक महासंघका महासचिव नवराज ढुंगानालगायतले प्रमाणपत्र वितरण गरे ।
त्रिपुरेश्वरस्थित राखेपको सेमीकभर्डहलमा भएको साताव्यापी निर्णायक कोर्षमा ५२ र डिप्लोमा कोर्षमा ४२ जना सहभागी थिए ।
उनीहरुलाई गणेश अर्याल, उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामा, विशाल सिन्जाली, रोशन बुढाथोकी, युगबहादुर तामाङ, सैलेन्द्र श्रेष्ठ, तुलसीनन्द वज्राचार्य, प्रकाश महर्जन र गोपाल श्रेष्ठले प्रशिक्षण दिएका थिए ।
यसैगरी, चीनका प्रथम श्रेणीका राष्ट्रिय निर्णायक लिन जियान्छ्वानले पनि सहभागीलाई प्रशिक्षण दिएको आयोजक महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् । लिन स्वदेश फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण