गृहले फेर्यो तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी

काठमाडौँ । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारीसहित ४ सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो ।
गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त तथ्याङ्क अनुसार रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई रामेछापको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । गृह मन्त्रालयमा रहेका सहसचिव बद्रीनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल र दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई मन्त्रालयमा तानिएको छ । सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको भन्दै व्यापक आलोचना भएपछि मन्त्रालयले उपसचिवद्वय पौडेल र जैसीलाई मन्त्रालयमा तानेर सहसचिवद्वय थापा र गैह्रेलाई पठाएको हो ।
त्यस्तै गृहमा जगेडामा रहेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँगको सहमतिमा विद्यालय कर्मचारीहरूलाई कहाँ भयो धोका ?
-
काठमाडौँ विश्वविद्यालयले बिराट मेडिकल कलेजलाई तोक्यो पीजी परीक्षा केन्द्र
-
एनआरएनए उच्चस्तरीय समितिद्वारा २६४३ जना प्रतिनिधिको सूची सार्वजनिक (नामावलीसहित)
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार