गृहमा हाजिर भएको ५ महिनामा बल्ल जिम्मेवारी पाए सहसचिव बास्तोलाले

काठमाडौँ । सहसचिव बन्धुप्रसाद बास्तोलाले गृह मन्त्रालयमा हाजिर भएको ५ महिनापछि बल्ल जिम्मेवारी पाएका छन् । गृह मन्त्रालयबाट रातोपाटीलाई प्राप्त कागजातमा सहसचिव बास्तोला गत पुस २६ गते मन्त्रालयमा हाजिर भएका थिए ।
त्यसपछि अतिरिक्त समूहमा रहँदै आएका बास्तोलालाई आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको हो ।
निजामती कर्मचारी सेवा ऐन अनुसार कुनै पनि निजामती कर्मचारीलाई ६० दिनभन्दा बढी जिम्मेवारीविहीन अवस्थामा राख्न पाइन्न । निजामती सेवा ऐन २०४९ को दफा १८ को उपदफा (ख) (१) विपरीत सहसचिव बास्तोला जगेडामा राखिएका थिए ।
ऐनको दफा १८ को उपदफा (ख)(१) मा लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएका कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्नेमा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई ६० दिनभन्दा बढी समय राख्न नमिल्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा
-
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू