प्रतिबन्धको अवधि सकिएलगत्तै एन्फाको साधारणसभामा सहभागी हुँदैछन् गणेश थापा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा वैशाख २६ गते हुँदैछ । उक्त साधारणसभामा पूर्वअध्यक्ष गणेश थापाले पनि भाग लिने भएका छन् ।
सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको आरसी ३२ फुटबल एकेडेमीले आफ्नो प्रतिनिधिका रुपमा थापालाई साधारणसभामा पठाएको हो ।
आरसी ३२ ले पूर्वअध्यक्ष थापासँगै सुरेन्द्र बस्नेतलाई पनि प्रतिनिधिका रुपमा एन्फाको साधारणसभामा प्रतिनिधिका रुपमा पठाउने निर्णय गरेको छ ।
‘एन्फाका सबै साथीहरुसँग २६ गते साधारणसभामा भेटौँ,’ आफूलाई आसी ३२ ले साधारणसभाको प्रतिनिधि बनाएको पत्र सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्दै थापाले भनेका छन् ।
विश्व फुटबल महासंघ (फिफा) ले लगाएको १० वर्ष लामो प्रतिबन्धको अवधि सकिएपछि थापाले पहिलो पटक फुटबल सम्बन्धि कुनै पनि ठुलो गतिविधिमा भाग लिन लागेका हुन् ।
फिफाले सन् २०१५ को अप्रिल १६ तारिखमा फुटबल सम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी थापामाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको अवधि सकिएलगत्तै थापाले आफू पुनः नेपाली फुटबलको विकास र विस्तारमा सक्रियतापूर्वक लाग्ने बताएका थिए ।
पूर्वअध्यक्ष थापा र बस्नेतलाई आफ्नो प्रतिनिधिका रुपमा एन्फाको साधारणसभामा पठाउने निर्णय गरेको पत्रमा आरसी ३२ का कार्यवाहक अध्यक्ष सुदिप चन्दले हस्ताक्षर गरेका छन् । थापाको प्रतिबन्ध अवधि सकिएपछि आरसी ३२ ले उनलाई आफ्नो कार्यसमिति सदस्यमा चयन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण