आरआर क्याम्पसमा 'सहमतिमा' स्ववियु गठन
बुधबार, १७ वैशाख २०८२, १९ : ०१

काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा सहमतिको आधारमा स्ववियु गठनको दाबी गरिएको छ ।
लोकेशकुमार खड्काको अध्यक्षतामा स्ववियु गठन गरिएको हो । गत चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन हुन नसकेपछि बुधबार केही विद्यार्थी संगठनबीचको छलफलपछि स्ववियु घोषणा गरिएको हो ।
यसैबीच यो विषयमा नेविसंघले भने आपत्ति जनाएको छ । नेविसंघ आरआरबाट स्ववियु अध्यक्षका उम्मेदवार बनेका विनोदराज जोशीले आपत्ति जनाएका हुन् । उनले अदालतले स्ववियु निर्वाचन गर्नु भनेर दिएको आदेशको उल्लङ्घन गर्दै सहमतिको नाममा एकलौटी ढङ्गबाट स्ववियु घोषणा गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
-
नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक