नेपाल र अजरबैजानबिच राजनीतिक परामर्श बैठक
काठमाडौँ । नेपाल र अजरबैजानका परराष्ट्र मन्त्रालयबीच पहिलो पटक राजनीतिक परामर्श बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले तथा अजरबैजान गणराज्यका उपविदेशमन्त्री एलनुर मम्मादोभले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा दुवै पक्षले नेपाल–अजरबैजान सम्बन्धका समग्र पक्षहरूको समीक्षा गर्दै आगामी दिनहरूमा यी सम्बन्धहरूलाई थप सुदृढ पार्ने प्रतिबद्धता पुनःपुष्टि गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा द्विपक्षीय सहयोग तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलगायत पारस्परिक हितका विषयहरूमा पनि छलफल भएको थियो । दुबै पक्षले व्यापार तथा लगानी, पर्यटन तथा संस्कृति, शिक्षा, जलवायु परिवर्तन तथा स्वच्छ ऊर्जालगायत क्षेत्रहरूमा द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्ने उपायहरूबारे छलफल गरेका मन्त्रालयले जनाएको छ । दुई देशका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नियमित संवादका लागि द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो ।
बैठकपश्चात्, परराष्ट्र सचिव राईले उपविदेशमन्त्री मम्मादोभ तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । आफ्नो नेपाल भ्रमणका क्रममा उपविदेशमन्त्री मम्मादोभले उच्चस्तरीय व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनी लगानी बोर्ड नेपालद्वारा आयोजना गरिने एक गोलमेच छलफलमा सहभागी हुने तथा एक छुट्टै कार्यक्रममा अजरबैजानको परराष्ट्र नीतिबारे प्रवचन दिने कार्यक्रम पनि रहेको छ । उप विदेशमन्त्री मम्मादोभ र उनको प्रतिनिधिमण्डल यही वैशाख २० गते काठमाडौँबाट प्रस्थान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण