सलमानसँग विवाह गर्नेबारे यसो भन्छिन् अमिषा पटेल
नयाँ दिल्ली । बलिउड अभिनेत्री अमिषा पटेलले हालै सलमान खानसँगको आफ्नो सम्बन्धबारे कुरा गरेकी छिन् । उनले भनिन्, ‘मैले धेरै सम्बन्धहरू देखेको छु । तर हो म चाहँदिन कि सलमान खानले कहिल्यै विवाह गरून् ।’
फिल्मीमन्त्रासँगको कुराकानीमा अमिषा पटेलले फिल्म उद्योगमा विवाह र सम्बन्ध विच्छेदबारे कुरा गरेकी थिइन् ।
उनले भनिन्, ‘मैले मेरो वरिपरि सबै प्रकारका सम्बन्धहरू देखेको छु । मैले सञ्जुको जस्तै सम्बन्ध पनि देखेको छु र त्यसपछि ऋतिक जस्तो पनि जसको सम्बन्ध विच्छेद भइसकेको छ । तर उनी अझै पनि सुजैनसँग मिलेर आफ्ना छोराछोरीलाई सँगै हुर्काइरहेका छन् । यति मात्र होइन, दुवै जना एकदमै मिल्ने साथी पनि हुन् । त्यसो भए म को हुँ र कसैलाई जज गर्ने?’ सलमान खान एकदमै कूल मान्छे भएको अमिषा पटेलले भनिन् ।
‘इमानदारीपूर्वक भन्नुपर्दा, म कहिल्यै चाहँदिन कि उसले विवाह गरोस् । ऊ एकदमै कूल छ । मान्छेलाई माया गर्ने अनि उनीहरूको ख्याल राख्ने मान्छे हुन् । उसले सबैलाई राम्रो व्यवहार गर्छ ।’ अझ अगाडि उनले भनेकी छिन् ।
यस क्रममा अमिषाले सलमान खानसँग विवाह गर्नेबारे टिप्पणी गरेकी थिइन् । सुरुमा त आफूले सलमान सुध्रियो कि सुध्रिएन भनेर ऊसँग पूरै अन्तरवार्ता लिनुपर्ने उनले बताइन् ।
‘साथीको रूपमा ऊ यति प्यारो छ कि मैले उसलाई कहिल्यै त्यो नजरले हेरिन्, किनकि ऊ सधैँ मेरो लागि असल साथीको रूपमा रहेको छ । एकदमै मजाक गरिरहने साथी । उसले मसँग धेरै मजाक गर्छ र मलाई रुवाउँछ पनि । उसले त मेरो नाम नै मिना कुमारी राखिदिएको छ, किनकि म ऊसँग भएको बेलामा बारम्बार रोइरहन्छु । हाम्रो सम्बन्ध यस्तै छ । म आफूलाई त्यसरी हेर्न सक्दिन । म खुसी छु कि म उनी र उनको सम्पूर्ण परिवारको असल साथी हुँ ।’ सलमान खान र अमिषा पटेलले फिल्म ‘ये है जलवा’मा सँगै काम गरेका थिए । यो रोमान्टिक कमेडी फिल्म डेभिड धवनले निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण