नाडामा आकाश गोल्छाको पद घटुवा

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले वरिष्ठ उपाध्यक्ष पदबाट आकाश गोल्छालाई हटाएको छ । नाडाले वेबसाइटबाट गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदबाट हटाएर सदस्यको रुपमा मात्रै राखेको छ ।
गोल्छालाई नाडाको ४७ औँ साधारणसभाबाट निर्वाचित भएको नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्षमा चयन गरेको थियो ।
तर, निर्वाचित भएको करिब एक वर्ष ३ महिनापछि एकाएक वरिष्ठ पद हटाएर सदस्यमा राखिएको छ । नाडामा नयाँ कार्यसमितिको पहिलो बैठकबाट नै विवाद शुरु भएको थियो। उक्त विवाद १५ महिनासम्ममा वरिष्ठ उपाध्यक्षको पद घटुवासम्म आइपुगेको छ ।
नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले नाडाको विशेष साधारण सभाले संशोधन गरेको विधान संशोधनलाई जिल्ला प्रशासन कार्यालयले स्वीकार नगरेकाले हटाएकाले हुन सक्ने बताए ।
उनले वरिष्ठ उपाध्यक्ष भन्दा पनि अन्य दुई जना सदस्य थप गरी १९ जनाको कार्यसमिति बनाउने विधान संशोधन प्रशासनले नमानेपछि परिवर्तन गरिएको हुन सक्ने बताए ।
उनले भने,‘वरिष्ठ उपाध्यक्षलाई नमानेको होइन । दुई जना कार्यसमिति सदस्यमा थप गर्ने भनिएको थियो । तर विधान संशोधनलाई प्रशासनले मानेन् ।दुबै विधान सम्वत नभएको भन्यो । पहिला १७ जना थियो । अहिले १९ जना भनिएको थियो । त्यो मान्य हुँदैन भनेकाले नाडाले १७ जनाको मात्रै बनाएको छ ।’
नाडाका वरिष्ठ उपाध्यक्ष रहेका आकाश गोल्छाले भने पदबाट हटाएको जानकारी अहिलेसम्म नआएको बताए । उनले मिडियाका आएका समाचारहरु पढेर थाहा पाएको उल्लेख गरे ।
गोल्छाले नाडाले के आधारमा वरिष्ठ उपाध्यक्षबाट सदस्य बनाएको हो थाहा नभएको जानकारी दिए । उनले भने,‘ मलाई मात्रै होइन निसान ढकाल, प्रगुण राजभण्डारी र सागर सापकोटालाई पनि आमन्त्रित सदस्य बनाएको छ ।
उनीहरुलाई मनोनित गरिएको थियो । आमन्त्रित भन्ने थिएनन् उनीहरुलाई मनोनित भनिएको थियो । नाडाको विधान संशोधन भएर वरिष्ठ उपाध्यक्ष बनेको हो । नाडाले हटाएका सदस्यसहित भएर एक वर्षसम्म भएका निर्णयहरु के हुन्छन् ?’
उनले विधान संशोधनका आधारमा नयाँ कार्यसमिति बनाएको भए पनि किन हटाइयो जानकारी दिनु पर्ने बताए । उनले नाडाको मनोसाय वा नाडा सचिवालयको ढिला सुस्ति हो ? भन्ने सचिवालयलाई प्रश्न रहेको उल्लेख गरे ।
नाडाको ४७ औँ साधारणसभाले संस्थाको विधान संशोधन गरी पास गरेको थियो। विधान संशोधनपछि स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको थियो। तर, जिल्ला प्रशासनले विधान संशोधन प्रक्रियामाथि प्रश्न उठाउँदै संशोधनका लागि पठाएको पत्र अस्वीकार गरेको थियो ।
नाडा फुटको असर
जिल्ला प्रशासन कार्यालयले विधान संशोधन अस्वीकार गरेको भनिए पनि विवाद बढ्नुको कारण नाडा फुटको असर रहेको देखिन्छ । करिब ५० वर्षको लिगेसी बोकेको नाडा एक महिना अघि नै फुटि सकेको छ । नाडाबाट अधिकांश ठूला कम्पनीहरु नयाँ संस्थामा आवद्ध भइसकेका छन् ।
नयाँ संस्था गठनमा सक्रिय भूमिका निर्वाह गरेको आरोप गोल्छालाई लागिरहेको छ । तर गोल्छा नयाँ संस्थामा सदस्यमा बसेका छैनन् ।
नाडाले नयाँ संस्था औपचारिक रुपमा घोषणा गरेपछि नाडा कार्यसमितिमा रहेकालाई हटाउने तयारी गरेको थियो । त्यही अनुरुप नाडामा विवाद बढ्दै गर्दा ठूलो हलचल आउन थालेको छ ।
अटो आयातकर्ता कम्पनी मिलेर नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) औपचारिक रुपमा गत वैशाख ३ गते घोषणा गरेका भएको थियो ।
नाइमामा अध्यक्षसहित ११ सञ्चालक समिति छ । नाइमा गठनमा नाडाका पूर्वअध्यक्ष र कार्य समितिका सदस्यहरू पनि नयाँ संस्थामा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरण : ओडिसा सरकारले भन्यो- घटनाको छानबिन सुरु भइसक्यो
-
प्रिसा साह मृत्यु प्रकरण : परराष्ट्र मन्त्रालयले थाल्यो छानबिनका लागि कूटनीतिक पहल
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
राजदूत घिमिरेद्वारा राजा चार्ल्ससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत