नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
शुक्रबार, १९ वैशाख २०८२, ०७ : २७

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।
गत बैशाख १७ गते उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए ।
यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि ऊर्जा राज्यमन्त्री पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
भाटभटेनीबाट मदिरा चोर्ने युवक ७ वर्षदेखी चोरीमै संलग्न, गाडी लिएर गएका थिए चोर्न
-
अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
-
मोक्षदाले जेम्स स्कुललाई सजिलै हरायो
-
बढ्याे नेप्से परिसूचक