जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेटमा २१ टोली
काठमाडौँ । काठमाडौँ जिल्ला क्रिकेट संघले यो वर्ष पनि ‘जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । प्रतियोगिताको यो दोस्रो संस्करण हो ।
नेपाली क्किेटको विकासमा अतुलनीय योगदान दिएका नेपाल क्किेट संघ (क्यान) का पूर्वअध्यक्ष जयकुमारनाथ शाहको सम्झनामा काठमाडौँ जिल्ला क्रिकेट संघले २०८१ सालदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको दोस्रो संस्करण वैशाख २२ देखि २९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता पहिलो दिनको खेल काठमाडौँको तल्लो मुलपानी, माथिल्लो मुलपानी र त्रिवि क्रिकेट मैदानमा आयोजना हुने आयोजकले जनाएको छ ।
दोस्रो दिन देखिको खेल भने त्रिवि क्रिकेट मैदान र तल्लो मुलपानीमा हुनेछ । यो प्रतियोगितालाई आगामी एसीसी मेन्स यू–१६ ईष्ट जोन कप–२०२५ को छनोट प्रतियोगिताका रूपमा समेत लिइएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौँ जिल्लाको टोलीमा स्थान दिँदै नेपालको राष्ट्रिय यू–१६ टोलीको छनोटका लागि अवसर प्रदान गरिने आयोजक संघले जनाएको छ । गत वर्षको प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय विजेता बनेको थियो ।
अघिल्लो वर्षको फाइनलमा सैनिक महाविद्यालयले मोक्षदा स्कुललाई हराएको थियो । यसपटक टोलीको संख्यामा पनि थप गरिएको छ । पहिलो संस्करणमा १६ स्कुलले भाग लिएका थिए । यसपटक भने २१ वटा स्कुलको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा सहभागी विद्यालयलाई सात समूहमा विभाजन गरिनेछ । समूह विजेता सात टोली र एक उत्कृष्ट दोस्रो टोली क्वार्टरफाइनलमा पुग्नेछन् । प्रतियोगिताका कुल २८ खेल सञ्चालन हुनेछ ।
प्रतियोगितामा रेडियन्ट रिडर्स एकेडेमी, मोक्षदा स्कुल, रत्नराज्य स्कुल, विसडम इङ्लिस एकेडेमी, भ्याली पब्लिक हायर सेकेन्डरी स्कुल, एन्जल हटर्स सेकेन्डरी स्कुल, ग्यालेक्सी पब्लिक स्कुल र अपी स्कुलको सहभागिता रहनेछ ।
यसैगरी अक्षरा स्कुल, पिक प्वाइन्ट एजुकेसन नेटवोर्क एकेडेमी, नेपाल पुलिस स्कुल, त्रियोग हाइस्कुल, क्रिएटिभ एकेडेमी, गेटवे एकेडेमी, संस्कृति इन्टरनेसनल स्कुल, सैनिक आवासीय महाविद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, जेम्स स्कुल, डिएभी सुशील केडिया विश्व भारती स्कुल र एलआरआई स्कुलको पनि प्रतियोगितामा सहभागिता रहनेछ ।
प्रतियोगितामा पहिलो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र इमर्जिङ खेलाडीले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । विजेता र उपविजेतालाई प्रदान गरिने बाहेक अन्य सबै व्यक्तिगत पुरस्कार टेक्सास इन्टरनेसनल कलेजद्वारा प्रायोजित भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न १६ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमाः बाबु एडभेन्चर प्याराग्लाइडिङ प्रालि र सहप्रायोजकमा आयुष इन्टरनेसनल ओभरसिज सर्भिस रहेका छन् ।
प्रतियोगिताको अन्य प्रायोजकमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, टिम–११, नेपाल बैंक, लुम्बिनी डेभलपमेन्ट बैंक, सुजुकी (सीजी मोटो), हिमाल रेमिट, केएफसी, जी स्पोटर्स, मेगा हस्पिटल र एभरेष्ट अस्पताल रहेको आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण