एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्नेगरी बोलाएको सो पार्टीले जनाएको छ ।
सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्ने र धारणा बनाउने बैठकको एजेन्डा रहेको नेता डा. बेदुराम भुसालले जानकारी दिए । सरकारले ल्याएको आर्थिक वर्षको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र सुशासन कायम गर्ने हिसाबको नभएको सो पार्टीको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्पादन र सुशासन कायम गर्ने तथा रोजगारी सिर्जना गर्ने हिसाबको छैन कमजोर छ’, भुसालले रातोपाटीसँग भने, ‘दिगो विकास र १६ औँ योजनाका लक्ष्यहरूलाई पनि नीति तथा कार्यक्रमले पछ्याएको छैन ।’
भुसालले सरकार आफैँले बनाएको आर्थिक सुधार आयोगका सुझाव एकाध छोए पनि सबै नसमेटेकाले कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्न नसक्ने जनाए ।
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबारबाट छलफल हुँदैछ । छलफलमा प्रतिपक्षीहरू नीति तथा कार्यक्रमको विपक्षमा उभिने निश्चित छ भने सत्तापक्षका सांसदहरूले कार्यक्रमको बचाउ गर्ने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण