आधा बलिउड बिकिसक्यो : प्रकाश राज
नयाँ दिल्ली । हिन्दी र तेलुगु फिल्मका प्रसिद्ध अभिनेता प्रकाश राज आफ्नो मनमा लागेको कुरा हाक्का हाक्की भन्छन् । त्यसैले त उनी प्रायः ट्रोलको निशानामा पर्छन् । चाहे त्यो उद्योग होस् वा चलचित्र जगत्, उनी आफ्नो पक्ष राख्न केही सोच्दैनन् । हालैको एक अन्तर्क्रियामा प्रकाशले हिन्दी फिल्म उद्योगका आफ्ना सहकर्मीहरूबारे खुलेर कुरा गरेका थिए ।
आफ्ना सहकर्मीहरू सार्वजनिक रूपमा राजनीतिक मुद्दाहरूमा बोल्नबाट बच्ने उनले बताए । ‘धेरै मानिसहरू डराएका छन्, आधा बेचिएका छन् र सरकार विरुद्ध बोल्न अस्वीकार गर्छन्’ बलिउडकर्मीलाई लक्षित गर्दै उनले भने । द लल्लान्टपसँग कुरा गर्दै प्रकाश राजले सरकारले असहमतिलाई दबाउन आफ्नो शक्ति प्रयोग गर्न सक्ने तर फिल्म निर्माताहरूले सोच्न बाध्य पार्ने सिनेमा बनाउन र यसको रिलिजको लागि लड्न तयार रहनुपर्ने कुरामा जोड दिए ।
उनले भने– ‘कुनै पनि शक्तिशाली सरकारले छलफल रोक्नेछ । दोस्रो, यो कलाकारहरू भित्र पनि हुनुपर्छ । आफूहरूले कस्तो प्रकारको फिल्म बनाउँदैछौं र फिल्म रिलिजको लागि लड्न तयार हुनुपर्छ भन्ने कुरा उनीहरूले पनि बुझ्नुपर्छ । त्यो दृढ सङ्कल्प त चाहिन्छ’ उद्योगका मानिसहरूबारे उनले भने, ‘तिनीहरूमध्ये आधा बिकिसकेका छन्, मेरा आफ्नै सहकर्मीहरू डराउँछ किनभने तिनीहरूसँग शक्ति छैन’ उनको स्पष्ट राजनीतिक विचारले प्रकाशको करियरमा प्रभाव पारेको छ ।
स्पष्ट विचारका कारण हिन्दी फिल्म उद्योगमा तुलनात्मक रूपमा कम काम पाइरहेका पनि उनी भन्छन् । ‘मानिसहरूलाई चिन्ता छ कि यदि उनीहरूले मसँग फिल्ममा काम गरे भने उनीहरूले अपेक्षा गरेको कुरा पाउने छैनन् यहाँको वातावरण यस्तै छ’ उनले भने ।
तर यस्तो परिस्थितिले आफूलाई बलियो बनाउने पनि उनले बताए । कामको कुरा गर्दा प्रकाश हालै सूर्याको फिल्म ‘रेट्रो’ मा देखिएका थिए । उनको हातमा यतिबेला विजयको ‘जन नायकन’ र पवन कल्याणको ‘दे कल हिम ओजी’ जस्ता फिल्म पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण