सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितकाे प्रतिनिधित्व गराउने देउवाको प्रतिबद्धता

सोमबार, २२ वैशाख २०८२, १६ : १६
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्व पीडितहरूको सहभागिता गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सोमबार ध्यानाकर्षण पत्र बुझाउन बुढानीलकण्ठ पुगेका देवि खड्का, डा.राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणीन्द्र लुइँटेललाई देउवाले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पीडितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका हुन् । 

आफूहरूसँगको भेटमा देउवाले जनाएका प्रतिबद्धता उल्लेख गर्दै भेटमा सहभागी खड्काले भनिन्, ‘पीडितको प्रतिनिधित्व गराउने जिम्मा म लिन्छु, जान्न नभन्नुहोला, बरु मलाई दुई जनाको नाम दिनुस् ।’

संक्षिप्त सूची बनाउनुअघि पीडितको प्रतिनिधिलाई नभेटेर सिफारिस समिति चुकेको पनि देउवाले बताएका थिए । ध्यानाकर्षण पत्र बुझाउन गएकाहरूले सिफारिस समितिले पीडितहरूसँग परामर्श गर्नुपर्ने कानुनी व्यवस्था लत्याएको भन्दै विमति राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप