नेकपा एकीकृत समाजवादीले बुझायो देशभरका पालिकामा ज्ञापनपत्र
सोमबार, २२ वैशाख २०८२, १७ : ०३
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले देशभरका ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ । पार्टी केन्द्रको निर्णयअनुसार सोमबार देशभरका पालिकामा पार्टीको पालिका कमिटीले ज्ञापनपत्र बुझाएको हो ।
सो पार्टीको प्रचार विभागका अनुसार स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने भन्दै सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर ज्ञापनपत्र बुझाएको हो ।
वैशाख १७ गते पार्टीको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो भने वैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले पनि ज्ञापनपत्र बुझाएका थिए ।
एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलन कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण