फिल्म निर्देशनबाट किन ‘ब्याक’ भए राजेश हमाल ?
काठमाडाैँ । अभिनेता राजेश हमालले निर्देशमा आउने घोषणा गरेको ९ वर्ष पुग्यो । तर, उनी अझ निर्देशक बनेका छैनन् । उनले २०७४ मा विराटनगरको एक कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै फिल्म निर्देशनमा आउने घोषणा गरेका थिए ।
सो समय उनले आफूले निर्देशन गरेको नेपाली फिल्म दर्शकले चाँडै हेर्न पाउने समेत बताएका थिए । ‘अबको डेढ वर्षभित्रै दर्शकले मैले निर्देशन गरेको फिल्म हेर्न पाउनेछन् । त्यसको तयारीमा म लागी परेको छु’, हमालले सो समय भनेका थिए ‘कथा अध्ययन भइरहेको छ । बढी आधुनिकता झल्कने भन्दा पनि नेपाली मौलिकता झल्कने मुद्दामा चलचित्र निर्माण र निर्देशन गर्छु ।’
उक्त समय अमेरिकामा बस्ने केही नेपालीहरुको समूहले निर्माण गर्ने लभस्टोरी फिल्मलाई उनले निर्देशन गर्न लागिएको हल्ला पनि गरिएको थियो । तर, अहिले भने राजेशको निर्देशन विषयमा बोली फेरिएको छ । उनी अहिले अभिनय अफर आएन, व्यस्त भइनँ भने निर्देशन गर्ने सोच हो भन्न थालेका छन् ।
निर्देशनमा आउने सोच हराएको हो ? रातोपाटीको प्रश्नमा हमालले भने, ‘सिर्जनशील क्षेत्रको सबैभन्दा राम्रो पक्ष के भने यसमा उमेर पुग्यो रिटायर्ड हुनुपर्छ भन्ने छैन । मस्तिक, हातखुट्टा, सोच चलिरहेको सिर्जना गर्न सकिन्छ । निर्देशन गर्ने मेरो सोच हराएको छैन ।
कलाकारका रूपमा अफर आएपछि त्यही प्राथमिकतामा पर्यो । भोलि कलाकारमै व्यस्त भएँ भने ढिलो पनि हुन्छ । अभिनय अफर आएन, व्यस्त भइनँ भने निर्देशन गर्ने सोच हो । निर्देशनमा केही समयपछि आउन सक्छु ।’
राजेश अभिनित पछिल्लो फिल्म ‘नरसिंह ःअवतार’ आगामी जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । उनी ८ बर्षपछि यसै फेरि फिल्ममा देखिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण