मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय
समाचार

कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा

मङ्गलबार, २३ वैशाख २०८२, १७ : ०७
मङ्गलबार, २३ वैशाख २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको बताएका छन् । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाको यस्तो भनाइ बाहिर आएको हो ।

पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा सभापति देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ देउवाले भने । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र काङ्ग्रेसबिच मतैक्यता नभएको चर्चा भइरहेको बेलामा देउवाले भने राष्ट्र बैङ्कभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो कारणले गभर्नर नियुक्तिमा ढिलाइ नभएको दाबी गरे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ देउवाले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप