कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले मिलेर बनेको सत्ता गठबन्धनमा समस्या नभएको बताएका छन् । सत्ता गठबन्धनबारे अनेकन टीकाटिप्पणी भइरहेका बेलामा कांग्रेस सभापति देउवाको यस्तो भनाइ बाहिर आएको हो ।
पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमा सभापति देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।
‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ देउवाले भने । राष्ट्र बैङ्कको गभर्नर नियुक्तिको विषयमा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र काङ्ग्रेसबिच मतैक्यता नभएको चर्चा भइरहेको बेलामा देउवाले भने राष्ट्र बैङ्कभित्रकै समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो कारणले गभर्नर नियुक्तिमा ढिलाइ नभएको दाबी गरे । ‘ओलीजीका कारणले गभर्नर नियुक्त हुन ढिलो भएको होइन,’ देउवाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण