प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
मङ्गलबार, २३ वैशाख २०८२, १७ : ४१

काठमाडौँ । प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने भएको छ । दाहसंस्कारका लागि आजै साँझ ६ बजेको समय लिइएको बताइएको छ ।
साँझ ६ बजे विद्युतीय शवदाह गृह पुग्न खबर गरिएको पार्टी नेता तथा पारिवारिक सदस्यहरूले जानकारी दिएका छन् । वामपन्थी नेता नेपालको काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा मङ्गलबार निधन भएको हो ।
नर्भिकको आईसीयू कक्षमा उपचाररत नेता नेपाल पार्किन्सन्स रोगबाट ग्रस्त थिए । नेपाल सञ्जय थापाका नामबाट समेत परिचित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वायुको प्रभाव कायमै, आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण