पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
मङ्गलबार, २३ वैशाख २०८२, १८ : २७
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बामपन्थी नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् । कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा नेपालले खेलेको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने घिमिरेले बताए ।
बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण