कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
काठमाडौँ । चार सयभन्दा बढी कुकुरको उद्धारपछि उपचार तथा हेरचाह गर्दै आइरहेको श्रीज एनिमल रेस्क्यु नेपाललाई बेलायतमा रहेका नेपालीहरुले सहयोग गरेका छन् ।
बेलायतस्थित रिभर एकेडेमीमा अध्ययनरत छात्रा टिया आचार्यको सक्रिय पहलमा संकलित आर्थिक सहयोगबाट उक्त केन्द्रमा रहेका कुकुरका लागि चामल, बिस्कुट, अण्डा लगायतका खाद्य सामग्रीहरू प्रदान गरिएको हो ।
गोकर्णेश्वरस्थित श्रीज एनिमल रेस्क्यु सेन्टरमा आयोजित कार्यक्रममा कम्युनिटी पार्टनर नेपालका अध्यक्ष बासुदेव न्यौपानेले सो सामग्रीहरू केन्द्रका व्यवस्थापक सुमन सिंहलाई हस्तान्तरण गरेका थिए ।
नेपालब्रिटेन मिडियाको १७औं वार्षिकोत्सवका अवसरमा संकलित सहयोग रकमबाट यो सामग्री प्रदान गरिएको अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।
उक्त केन्द्र विगत आठ वर्षदेखि सृजना शाही ठकुरीको नेतृत्वमा सञ्चालन हुँदै आएको छ। केन्द्रमा ‘बालेन’, ‘रवि’, ‘सुनिता’, ‘हर्क’, ‘घरभेटी’, ‘प्रचण्ड’, ‘शेरबहादुर’, ‘केपी ओली’, ‘करिश्मा’, ‘राखी सावन्त’जस्ता चर्चित नाम दिइएका कुकुरहरूलाई संरक्षण गरिएको छ। हालसम्म ४ सयभन्दा बढी कुकुरको उद्धार र संरक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण