शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’

बुधबार, २४ वैशाख २०८२, १५ : ५६
बुधबार, २४ वैशाख २०८२

ललितपुर । ललितपुरको एकान्त कुनामा सम्भवतः नेपालकै ठुलो क्षेत्रफलमा फैलिएको विशाल इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’ सञ्चालनमा आएको छ । २० रोपनी क्षेत्रफलमा फैलिएको यस भेन्यूमा ‘म्याजेष्टिक ग्राण्ड’ र ‘म्याजेष्टिक क्राउन’ दुई वटा आकर्षक इभेन्ट हल रहेका छन् । 

विवाह, व्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन शो, प्रडक्ट लञ्ज, विश्वविद्यालयहरूको ग्र्याजुएसन कार्यक्रम तथा एकसाथ धेरै जना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनारलाई लक्षित गरेर म्याजेष्टिक ग्राण्ड तयार गरिएको छ । 

यो भेन्यूमा कुनै पनि कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याएर सेटअप गर्नुपर्दैन । अन्तर्राष्ट्रिय स्तरका लेटेष्ट प्रविधिको साउन्ड सिस्टम, लाइट, विशाल स्क्रिन लगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री यसमा जडान गरिएका छन् । 

‘म्याजेष्टिक ग्राण्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौँ, सञ्चालक सुरज कार्कीले भने, ‘म्याजेष्टिक ग्राण्ड’ लाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजवाटमा विशेष ध्यान दिइएको छ ।’ 

डेस्टिनेसन वेडिङका लागि म्याजेष्टिक ग्राण्ड उत्कृष्ट भेन्यू रहेको सञ्चालक कार्कीले बताए। नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यू तयार गरिएकाले धेरैको रोजाई पर्ने विश्वास उनले व्यक्त गरे ।  

१४ हजार र १० हजार वर्ग स्क्वायर फिट इनडोर हल भएको यो ब्यांक्वेटको गार्डेन एरियाको क्षेत्रफल २५ हजार वर्ग स्क्वायर फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए । 

म्याजेष्टिक ग्राण्डको कन्सेप्ट, डिजाइन र निर्माण आरजी क्रियसन्स नेपालले गरेको हो । उत्कृष्ट इभेन्ट भेन्यू निर्माणका लागि कम्पनी खोज्ने क्रममा आरजी क्रियसन्स्सँग भेटघाट भएको र कम्पनीको कन्सेप्ट र डिजाइन अब्बल लागेर निर्माणको जिम्मा दिइएको सञ्चालक कार्कीले बताए । 

एकान्तकुना चोकबाट सातदोबाटो तिर लागेपछि केही मिटरको दुरीमा रिङ रोडको सर्भिस लेनमै जोडिएको यो भेन्यूमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ तीन सय वटा चार पाङ्ग्रे सवारी साधन र पाँच सय वटा मोटरसाइकल सहज ढंगले पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको  छ । 

म्याजेष्टिक ग्राण्डको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रियसन्स् नेपालका अध्यक्ष राम गिरीले आफूले निर्माण गर्ने हरेक इभेन्ट भेन्यू ‘मास्टर पिस’ हुने गरी नै सम्पन्न गरिएको बताए । 

करिब चार हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने यसमा ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन किसिमको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा उपलब्ध रहेको कार्कीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप