म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता
बैंकक । अनलाइन स्क्यामिङमा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा ती नागरिकहरूको उद्धार गरेको हो।
राजदूतावासका अनुसार उद्धार गरिएका मध्ये एक जना महिला र ११ जना पुरुष रहेका छन्। उनीहरूलाई म्यानमारको मेवाडीबाट थाइल्याण्डको टाक इमिग्रेशन अफिस हुँदै बैंकक ल्याइ आज नेपाल पठाइएको हो।
हालका वर्षहरूमा दक्षिणपूर्वी एसियाका विभिन्न देशहरू— विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड—मार्फत नेपाली नागरिकहरू अनलाइन ठगी कार्यमा जबरजस्ती संलग्न गराउने गिरोह सक्रिय रहेका छन्।
राजदूतावासले सबै नेपालीलाई नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। छिटो र धेरै पैसा कमाउने लोभमा परी अवैधानिक रूपमा वैदेशिक रोजगारमा जान नहुने चेतावनी दिंदै राजदूतावासले आमसञ्चार माध्यम र नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गर्न सहयोग गर्न अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण