म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता

बैंकक । अनलाइन स्क्यामिङमा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा ती नागरिकहरूको उद्धार गरेको हो।
राजदूतावासका अनुसार उद्धार गरिएका मध्ये एक जना महिला र ११ जना पुरुष रहेका छन्। उनीहरूलाई म्यानमारको मेवाडीबाट थाइल्याण्डको टाक इमिग्रेशन अफिस हुँदै बैंकक ल्याइ आज नेपाल पठाइएको हो।
हालका वर्षहरूमा दक्षिणपूर्वी एसियाका विभिन्न देशहरू— विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड—मार्फत नेपाली नागरिकहरू अनलाइन ठगी कार्यमा जबरजस्ती संलग्न गराउने गिरोह सक्रिय रहेका छन्।
राजदूतावासले सबै नेपालीलाई नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। छिटो र धेरै पैसा कमाउने लोभमा परी अवैधानिक रूपमा वैदेशिक रोजगारमा जान नहुने चेतावनी दिंदै राजदूतावासले आमसञ्चार माध्यम र नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गर्न सहयोग गर्न अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल