बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग
काठमाडौँ । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगीको मुद्दा चलाएको छ ।
बुधबार कार्यालयले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसूरमा मुद्दा दायर गरेको हो ।
सिंहसहित तत्कालिन बाल मन्दिरका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै यस्तै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता र मुलुकी ऐन ठगीको महल कसुरबमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्मको मागदाबी गरिएको छ । प्रतिवादीहरुविरुद्ध कार्यालयले ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै सोही बराबर क्षतिपूर्तिको माग पनि गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण