तस्बिरमा यस्तो देखियो 'ऊनको स्विटर' को प्रिमियर
काठमाडौँ । यही शुक्रबार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’को बुधबार प्रिमियर भएको छ । काठमाडौँको बिग मुभिजमा आयोजित प्रिमियरमा कलाकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । साथै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, उपसभामुख इन्दिरा राना मगर, सांसद असिम शाह पनि कार्यक्रममा सहभागी थिए ।
आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्विटर’ मा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् । उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको दमदार अभिनय रहनेछ ।
सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् ।
निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र 'ऊनको स्विटर'को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।



_mEY7eIcETt.jpg)
_AVEd6luFSK.jpg)
_g3cW0x3Tr6.jpg)
_RHcEspDqzy.jpg)
_FxJV4EXwq4.jpg)
_ueSMrLC0F1.jpg)
_OYafbLnZe2.jpg)
_2rJO2tu9ZU.jpg)
_ibiR76Moyn.jpg)
_oYaHYULqIV.jpg)
_XDC6np184w.jpg)
_wePyVXduIx.jpg)
_xhlLZLW0XH.jpg)
_T9XnB3oKsm.jpg)
_mKuElmthDz.jpg)
_5xXiFpN1zF.jpg)
_DMr2DeNQgB.jpg)
_6APT3NriWu.jpg)
_EbXyE1bP7H.jpg)
_My9nJXponY.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण