नेपालमा कुष्ठरोग उन्मुलन भइसकेको छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठ रोग कम भएपनि उन्मुलन भइनसकेको बताएका छन् । बिहीबार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्रीले भने, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ छ ।
‘हाम्रो देशमा कुष्ठ रोग उन्मुलन भएको छैन । मधेस, लुम्बिनी र कोशी प्रदेशमा अलि बढी असर रहेको छ’,प्रधानमन्त्रीको भनाइ छ । उनले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी भएको पनि बताए ।
कुष्ठरोगलाई आयुर्वेदिक औषधीबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले खानालगायतका विषयमा ध्यान दिन सक्नुपर्ने बताए । उनले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति आउनै दिन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण