बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेसपाद्वारा काश्मीरमाथि भारतले चलाएको ‘अपरेसन सिन्दूर’ को समर्थन

बिहीबार, २५ वैशाख २०८२, २० : २८
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले पाकिस्तान प्रशासित कश्मीरमा भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ अन्तर्गत जवाफी हमलाको समर्थन गरेको छ । वैशाख ९ गते जम्बु काश्मीरको पर्यटकीय स्थल पहलगाममा आतङ्कवादी हमलामा परि एक नेपालीसहित २७ जनाले ज्यान गुमाएका थिए ।

जवाफमा भारतले बुधवार राति पाकिस्तान प्रशासित ९ वटा  स्थलमा हवाई आक्रमण गरेको थियो । उक्त हवाई आक्रमणमा परी बुधवारसम्म २६ जनाको मृत्यु र ४६ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।  ‘भारतले पाकिस्तानका ९ वटा  आतङ्ककारी स्थलमा सुरु गरेको अपरेसन सिन्दूर अन्तर्गत आतंककारीहरु माथि गरेको आक्रमणलाई नेपाल समाजवादी पार्टीले समर्थन गर्दछ ।

मिति २०८२–०१०९ मा आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान समेत गएको हुँदा भारतले सुरु गरेको आतङ्कवाद विरुद्धको कार्यवाही अन्तर्गत पाकिस्तानी आतङ्कवादीको आश्रय स्थललाई ध्वस्त पार्ने कार्य मानवतालाई संरक्षण संवर्द्धन तथा  आतङ्कवादलाई निस्तेज गर्ने कार्य सराहनीय छ’, बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

nesapa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप